एमालेको अवरोधकाबीच संसदबाट पारित भयो विनियोजन विधेयक

अवरोधकैबीच सुरु भएको प्रतिनिधिसभा बैठक

अर्थमन्त्री जनार्दन शर्मा1

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै छ । अवरोधकैबीच सुरु भएको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कामकारबाही अघि बढाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै छ । अवरोधकैबीच सुरु भएको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कामकारबाही अघि बढाएका छन् ।

एमालेका सांसदहरूको नाराबाजीबीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ । सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित होस् भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।

बैठक सुरू हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै बेल घेराउ गरेका थिए । सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरूमाथि सभामुखले छलफल सुरू गराएका थिए । आज संसदमा दर्ता भएका संशोधन प्रस्तावहरू र विनियोजन विधेयक निर्णयार्थ पेस गरिने कार्यसूचीमा उल्लेख गरिएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार