पहिरो पीडितले गरे बुटवलका मेयरमाथि मुक्का प्रहार

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार

बुटवल : बुटवलको ज्योतिनगरका पहिरो पीडितले मेयरमाथि हातपात गरेका छन् । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी पहिरो निरीक्षणका लागि पुगेका बेला पीडितले मुक्का प्रहार गरेका हुन् ।

पीडितहरुलाई राहत दिनुको सट्टा पहिरो हेर्ने फोटो सेसन गरेको भन्दै पीडित आक्रोशित बनेका थिए । सोही बेला एकयुवाले उनलाई मुक्का प्रहार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुंवरले जानकारी दिए ।

बुटवलको ज्योतिनगरमा पहिरो झर्दा ८ घर विस्थापित बनेका छन् । करिब ६० घरमा पहिरोको लेदो पसेको थियो । विस्थापितले अहिलेसम्म राहत पाएका छैनन् । पीडित तुल्सा सुबेदीले कुनै सरकारले पनि आफूहरुलाई नहेरेको बताइन् ।

बुटवलमाथिको चुरेबाट पहिरो झरेको हो । यो पहिरोले त्यस क्षेत्रका सयौं घर असुरक्षित रहेका छन् । २० वर्षअघि सोही स्थानमा पहिरो झर्दा बस्ती नै विस्थापित भएको थियो । अहिले फेरिक सहर बनिसकेको छ । -अन्नपुर्णपोष्टबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार