बझाङको बुङ्गल नगरपालिका स्थित दहबगरमा धौलीदेवी स्मृति बीसीए कप २०७८ हुने

कार्तिक ७ गतेदेखि १५ गतेसम्म बीसीए कपको १५ औंं संस्करण आयोजना गरिने

धौलीदेवी स्मृति बीसीए कप

धनगढी : बझाङको बुङ्गल नगरपालिकाको दहबगरमा धौलीदेवी स्मृति बीसीए कप २०७८ हुने भएको छ । आइतवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बीसीएले यही कार्तिक ७ गतेदेखि १५ गतेसम्म बीसीए कपको १५ औंं संस्करण आयोजना गरिन लागिएको जानकारी दिएको हो ।

बुङ्गलको पर्यटन प्रर्बद्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता आयोजना गरिँदै आएको बीसीए कल्बका अध्यक्ष आनन्द कार्कीले बताए । विगतका दिनमा क्रिकेटको आयोजना गर्दै आएको भएपनि गत वर्ष भने कोरोना कहरले आयोजना गर्न नसकिएको उनले जानकारी दिए ।

बुङ्गलमा क्रिकेट विकासमा लागि दुईवटा टेर्निङ सेन्टर समेत सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रदेशकै नमुना रंगशाला बनाउन अभियान समेत सञ्चालन गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । रंगशालालाई थ्रीडी भिजियोल डिपिआरसहित अभियानलाई तीब्र गतिमा अगाडि बढाइएको उनले जानकारी दिए ।

प्रतियोगितामा प्रथमलाई दुई लाख, द्धितीयलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ राखिएको छ । म्यानअफद सिरिज १२ हजार पाँच सय र बेस्ट बलर, बेस्ट व्याटम्यान र एमेजिङ प्लेयरलाई पाँच÷पाँच हजार पुरस्कार छुट्याइएको छ ।

यस्तै, म्यानअफद टिमलाई पाँच सय, सेमिफाइन र फाइनल पुग्ने टीका प्रति खेलाडीलाई एक सय रुपैयाँसमेत राखिएको छ । कप आयोजनाका लागि १२ लाख २० हजार लगानी लाग्ने आयोजकले जनाएको छ ।

कपमा २० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । कपमा बझाङ जिल्लाका टिमको मात्रै सहभागिता रहेको र एक टिममा चार जना जति बाहिरका खेलाडी हाल्न पाउने कल्बका अध्यक्ष कार्कीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार