एकीकृत समाजवादीको महा-सचिवमा भुसाल र सचिवमा झाँक्री

बेदुराम भुसाल रामकुमारी झाँक्री

काठमाण्डाै : नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारीकाे टुङ्गो लगाएको छ ।

चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन हुनु भएको छ ।

यस्तै, महासचिवमा बेदुराम भुसाल र उपमहासचिवमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल चयन हुनु भएको छ ।

सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन हुनु भएको छ । सचिवालयले टुङ्गो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार