धनगढीमा पनि राष्ट्रिय गोजुरियो कराँते दो संघ गठन !

धनगढीमा पनि राष्ट्रिय गोजुरियो कराँते दो संघ गठन !

धनगढी : राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल सुदूरपश्चिम प्रदेश अन्तरगत कैलाली जिल्ला को धनगढी उप-महानगरपालिकामा पनि कराँते दो संघ गठन गरिएको छ ।

आज शुक्रवार एक कार्यक्रम बिच केन्द्रीय महा-सचिव प्रकाश कुमार चन्द को रोहबर मा र जिल्ला गोजुरियो कराँते दो संघ कैलालीको आयोजनामा धनगढी उप-महानगरपालिकामा पनि महेश्वर ओझा अध्यक्ष रहने गरी कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र ओली ज्यु , केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश प्रमुख लाल बहादुर राना, सुदूरपश्चिम खेलकुद परिषद् सदस्य सन्तोष बि.क., युवा परिषद् सुदूरपश्चिम प्रदेशका सदस्य छत्र रावल, कराँते संघका प्रदेश सदस्य तथा खेलाडी संघ कैलालीका सचिव गोविन्द बानिया र कैलाली जिल्ला गोजुरियो कराँते संघका सचिव तथा जिल्ला प्रमुख तेज नागरी लगायत राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरूको उपस्थित रहेको थियो ।

मनोनयन भएका पदाधिकारीहरू क्रमशः निम्न रहेका छन् । भने बाकी ६ जना सदस्य पहिलो बैठक बाट मनोनीत गरिने बताइएको छ ।

१. महेश्वर ओझा -अध्यक्ष
२. तेज बहादुर कुवर -उपाध्यक्ष
३. कमल ओली -सचिव
४. शर्मिला घर्तिमगर – स. सचिव
५. कल्यान विक्रम शाही – कोषाध्यक्ष
६. अनिल सिंह कठायत – स. कोषाध्यक्ष
७. पवन पडाल – सदस्य
८. पुष्पा मडै – सदस्य
९. लक्ष्मी खडायत -सदस्य

May be an image of १२ people, including Prakash Chand, people standing, people sitting and indoor

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार