धनगढी : धनगढी उप-महानगरपालिकाले १९ ओटै वडामा असोज १० गते (भोलि) देखी कोभीड-१९ विरुद्धको पहिलो मात्राको भेरोसेल खोप लाउने भएको छ ।
उप-महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उप-महानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड-१९ विरुद्धको भेरोसेल खोप लाउने कार्यक्रम रहेको बताए । उनले खोप लाउनका लागि अनलाइन दर्ता भने आवश्यक रहेको बताए ।
भोलि देखि ११ गतेसम्म लगाउने खोपको लागि ४५ बर्ष भन्दा माथिका नागरिक र १८ बर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीहरू मुख्य प्राथमिकतामा रहेको बताए । बिद्यार्थीको हकमा विद्यालय तथा विश्व विद्यालयले जारी गरेको परिचयपत्र लिएर आउनुपर्ने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए ।
अनलाइन फारम भर्न यो लिङ्कमा क्लिक गर्नुहोस् । https://vaccine.mohp.gov.np/