धनगढीमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने, अनलाइन दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् !

Dhangadhi Sub-Metropolitan City

धनगढी :  धनगढी उप-महानगरपालिकाले १९ ओटै वडामा असोज १० गते (भोलि) देखी कोभीड-१९ विरुद्धको पहिलो मात्राको भेरोसेल खोप लाउने भएको छ ।

उप-महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उप-महानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड-१९ विरुद्धको भेरोसेल खोप लाउने कार्यक्रम रहेको बताए । उनले खोप लाउनका लागि अनलाइन दर्ता भने आवश्यक रहेको बताए ।

भोलि देखि ११ गतेसम्म लगाउने खोपको लागि ४५ बर्ष भन्दा माथिका नागरिक र १८ बर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीहरू मुख्य प्राथमिकतामा रहेको बताए । बिद्यार्थीको हकमा विद्यालय तथा विश्व विद्यालयले जारी गरेको परिचयपत्र लिएर आउनुपर्ने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए ।

अनलाइन फारम भर्न यो लिङ्कमा क्लिक गर्नुहोस् । https://vaccine.mohp.gov.np/

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार