बैतडीमा स्कारपियो दुर्घटना

सडक दुर्घटना

बैतडी : बैतडीमा स्कारपियो दुर्घटना भएको छ ।

गोठलापानीबाट मेलौलीतर्फ गइरहेको म१ मच ६२३ नम्बरको स्कारपियो आइतबार साँझ ५ बजेतिर कठपतेमा दुर्घटनामा परेको हो। चालक मिनराज ओझाले मदिरा सेवन गरेर स्कारपियो चलाएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए।

स्कारपिओ नालीमा पसेको र मानविय क्षति भने नभएको उनले बताए। अहिले चालक ओझा प्रहरीको नियन्त्रणमा रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार