बुद्ध एयरको अर्को विमानमा पनि समस्या, ककपिटमा धुवाँ देखिएपछि काठमाडौं फिर्ता

सोमबार काठमाडौंबाट विराटनगरतर्फ उडेको विमानको ल्यान्डिङ गियरमा समस्या आएपछि काठमाडौं फर्काइएको थियो ।

बुद्ध एयर
फाईल तस्बिर

काठमाडौं : बुद्ध एयरको अर्को विमानमा पनि समस्या देखिएको छ । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको अर्को विमानमा पनि समस्या देखिएपछि सो विमान काठमाडौं फर्किएको छ ।

विमानस्थल स्रोतले भन्यो, ‘काठमाडौं टु पोखरा डाइभर्ट फ्रम १० माइल वेस्ट, ककपिटमा स्मोक अब्जर्भका कारण आकस्मिक अवतरण भएको हो ।’

पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ कलसाइनको विमान ककपिटमा धुवाँ देखिएको कारण काठमाडौं फर्किएको छ । अचानक ककपिटमा धुँवा आएपछि विमानलाई काठमाडौं डाइभर्ट गरिएको थियो ।

काठमाडौंमा अवतरणपछि सो विमान पुनः यात्रु लिएर पोखरा उडेको त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जे शेर्पाले जानकारी दिए ।

सोमबार बुद्ध एयरको काठमाडौंबाट विराटनगरतर्फ उडेको विमानमा ल्यान्डिङ गियरमा समस्या भएका कारण विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको थियो ।

उक्त विमान विराटनगर विमानस्थलको रनवेमा अवतरण हुनै लाग्दा विमानको पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।

काठमाडौंको आकाशमा ३० मिनेट बढी होल्ड भएको उक्त विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भइसकेको छ ।

विमानमा ७३ जना यात्रु सवार थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार