माओवादी केन्द्रले आन्तरिक निर्वाचन आयोग मार्फत वडा तह देखी केन्द्र सम्म नेतृत्व चयन गर्ने

माओवादी केन्द्रले आन्तरिक निर्वाचन आयोग मार्फत वडा तह देखी केन्द्र सम्म नेतृत्व चयन गर्ने

धनगढी : नेकपा माओवादी केन्द्रले देशभर निर्वाचन आयोग गठन गरेको छ ।

सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै पार्टीले गठन गरेको आन्तरिक निर्वाचन आयोग मार्फत वडा तह देखी केन्द्र सम्म आन्तरिक नेतृत्व चयन गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका केन्द्री अध्यक्ष विष्णुपुकार श्रेष्ठले अहिले देश भरी नै समितिहरू निर्माण र निर्वाचन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै अब वडादेखि केन्द्रसम्म आन्तरिक निर्वाचनको माध्यमबाट नेतृत्व चयन गरिने बताउनुभयो ।

श्रेष्ठले पार्टीको विधानमा भएको व्यवस्था अनुसार करिब दुई हप्ता अघि निर्वाचन आयोग गठन गरेको जानकारी दिनुहुँदै पार्टीले आयोगलाई पूर्णता दिएपछि पूर्ण बैठक बसेर कार्य सम्पादन नियमावली, निर्वाचन नियमावली र निर्वाचन आचारसंहिता २०७८ पारित गरिसकेको बताउनु भएको छ । उहाँले आसन्न निर्वाचनलाई मध्यनजर गरेर १५ गतेसम्म सम्पूर्ण वडा, गाउँपालिका, नगरपालिका, प्रदेश स्तरीय निर्वाचन समिति गठन गरिसक्ने जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रले गठन गरेको निर्वाचन आयोगले देशभरबाट दुई लाख ८५ हजार व्यक्ति निर्वाचित हुने जनाएको छ । आयोगले खुल्ला र समावेशी विधिबाट पार्टीको निर्वाचन भएर दुई लाख ८५ हजार भन्दा बढी व्यक्तिहरू निर्वाचित हुने जनाएको छ । प्रदेश नम्बर १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भइसकेको आयोगले जनाएको छ । पार्टीको निर्वाचन सम्पन्न गर्न करिब ४० हजार स्वयं सेवक परिचालन गरिने समेत बताइएको छ ।

त्यस्तै, पार्टी इतिहासमै माओवादी केन्द्रले स्वतन्त्र र स्वायत्त आयोग गठन गरेर पहिलो पटक आन्तरिक निर्वाचन सम्पन्न गरिरहेको बताउँदै अध्यक्ष श्रेष्ठले सबै तहमा ३५ प्रतिशत महिला,२० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिमको अनिवार्य सहभागिता गराइने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

साथै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा डा. केदार चन्द्र भट्टको नेतृत्वमा प्रदेश निर्वाचन समितिको प्रथम बैठक समेत बसेको जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार