SKIP THIS

धनगढी उप-महानगरपालिका

ऐश्वर्य बहुमुखी क्याम्पस नेवि संघ ईकाईद्धारा छात्रा विद्यार्थीहरूलाई स्यानिटरी प्याड वितरण

स्यानिटरी प्याड सम्बन्धी जनचेतना मूलक कार्यक्रमलाई विद्यालय स्तर बाट उजागर गर्ने उद्देश्य

स्यानिटरी प्याडलाई प्रत्येक स्वास्थ्य चौकीमा, विद्यालयहरूमा निःशुल्क उपलब्ध गराउने अभियान तर्फ अग्रसर हुन आग्रह

धनगढी : महिलाहरूमा हुने महिनावारीको समस्यालाई मध्य नजर गर्दै देशव्यापी रूपमा सञ्चालन हुँदै आएको स्यानिटरी प्याड सम्बन्धी जनचेतना मूलक कार्यक्रमलाई विद्यालय स्तर बाट उजागर गर्ने हेतुका साथ ऐश्वर्य बहुमुखी क्याम्पस नेवि संघ इकाईले छात्रा विद्यार्थीहरू लाई स्यानिटरी प्याड वितरण गरेको छ ।

शुक्रवार नेवि संघ इकाईले क्याम्पसमा एक कार्यक्रमका बिच छात्रा विद्यार्थीहरू लाई १ सय ५० थान स्यानिटरी प्याड वितरण गरेको हो ।

ऐश्वर्य बहुमुखी क्यापसका नेपाल विद्यार्थी संघ ऐश्वर्यका इकाई सभापतिको अध्यक्षतामा ने.वि.संघ इकाई कमिटी सदस्य लगायत सम्पूर्ण ने वि सङ्घको बिचार धारा प्रति आस्था वान युवा प्रेरणादायी विद्यार्थी भाईबहिनीहरुको सहकार्यमा ऐश्वर्य बहुमुखी क्याम्पस प्रशासनको रोहबरमा विद्यार्थी बहिनीहरूको सहजताका निम्ति १५० प्रति स्यानिटरी प्याड लगायत अन्य स्वास्थ्य सामाग्रीहरू स-प्रेम स्वरूप प्रदान
गरिएको नेवि संघ क्याम्पस इकाईका सभापति जीवन कार्कीले बताए ।

नेवि संघ ऐश्वर्य बहुमुखी क्याम्पस इकाई समिति विभिन्न सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ । भने महिलामा महिनावारीको समयमा प्रयोगमा आउने स्यानिटरी प्याडलाई प्रत्येक स्वास्थ्य चौकीमा लगायत विद्यालयहरूमा निःशुल्क उपलब्ध गराउने अभियान तर्फ सबै मानवीय मनकारी व्यक्तिहरूलाई अग्रसर रहन इकाई सभापति कार्कीले अपिल गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार