शान्ति सुरक्षालाई थप भरपर्दो तथा व्यवस्थित बनाउन मातहतका निकायलाई एसपी अधिकारीको निर्देशन

कैलालीका एसपी अधिकारीको निर्देशन

धनगढी : चाडपर्व नजिकिएसँगै कैलाली प्रहरीले पनि चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । जिल्लामा चोरी डकैती र आपराधिक घटना हुन नदिन कैलाली प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको हो ।

शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीमा मासिक बैठकको आयोजना गर्दै प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले मातहतका कार्यालयका प्रमुखहरूलाई शान्ति सुरक्षालाई थप भरपर्दो तथा व्यवस्थित बनाउन आवश्यक निर्देशन दिएका हुन ।

नजिकिँदै गरेका चाड पर्वहरूमा आपराधिक घटना हुन नदिन र शान्ति सुरक्षालाई थप भरपर्दो तथा व्यवस्थित बनाउन आफूले यस कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई आवश्यक निर्देशन दिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । यस्तै जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी नायव निरीक्षक समुन्द्र केशर पन्त भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

सुदूरपश्चिम प्रदेश बिपद व्यवस्थापन कार्यदल महेन्द्रनगर, कञ्चनपुर दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मातहत कारागार सुरक्षा गार्ड कैलालीमा कार्यरत प्रहरी नायव निरीक्षक पन्त भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार