कैलाली प्रहरी र प्रदेश युवा परिषद् सुदूरपश्चिमको ‘तपाईँको मास्क खै ?’ अभियान (फोटो, भिडियो)

"मास्क लगाऔँ, आफू  पनि बचौँ, अरूलाई पनि बचाऔँ"

कैलाली प्रहरी र प्रदेश युवा परिषद् सुदूरपश्चिमको तपाईँको मास्क खै अभियान (फोटो, भिडियो)

धनगढी : धनगढीमा ६६ औँ प्रहरी दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेशले ब्यानर सहित “तपाईँको मास्क खै” र्‍यालीको आयोजना गरेको छ ।

“मास्क लगाऔँ, आफू  पनि बचौँ, अरूलाई पनि बचाऔँ” भन्ने नारा सहित आइतबार बिहान ८ बजे धनगढीको ट्राफिक चौराहा देखी पार्क मोड सम्म कोभिड १९ विरुद्धको सचेतनाका लागि मास्क वितरण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कँडेल, प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेका कार्यकारी उपाध्यक्ष युवराज कुँवर, पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतीक विष्ट, युवा परिषद् का सदस्य शेर ब. विष्ट, प्रहरी कर्मचारी, ट्राफिक प्रहरी, पत्रकार लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले नागरिकले चाड पर्व  सुरक्षित तरिकाले मनाउन पाउन भनी प्रहरी अहोरात्र खटिरहेको बताउँदै सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

सो कार्यक्रममा प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले प्रहरीले आयोजन गरेको कार्यक्रममा एकीवद्धता जनाउन पाउँदा खुसी लागेको र सधैँ युवा परिषद् प्रहरीको साथ सहयोग गर्न तयार रहेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेलले कोरोनाको जोखिम कम नभएको र थाहा पाउँदा पाउँदै पनि सुरक्षाका मापदण्ड न अपनाइरहेका नागरिकहरूलाई निरन्तर रूपमा झकझकाइरहनु पर्ने तथा सचेतना दिनुपर्ने भएकाले सो अभियान चलाइएको बताउनुभयो ।

  • फोटोमा हेर्नुहोस् तपाइको मास्क खै अभियान !

कार्यक्रममा मास्क वितरण गर्दै सबैलाई मास्कको प्रयोग गरी आफू पनि बाँच्न र अरूलाई पनि बँचाउन मदत गर्न आह्वान गरिएको छ ।

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार