असोज २० गते देखि धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने

प्रथम पुरस्कार एक लाख नगदसहित ट्रफी

धनगढीमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

धनगढी : धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा असोज २० देखि २३ गतेसम्म प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले कैलाली र कञ्चनपुरसहित ९ वटै जिल्लाका टिमको सहभागितामा प्रतियोगिता सञ्चालन हुन लागेको जानकारी दिए ।

खेलकुद परिषद्को वार्षिक कार्यक्रम अन्तरगत राष्ट्रिय टिम बनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिन लागेको बताउँदै सिंहले बिस्तारै अन्य खेलकुद प्रतियोगिता पनि सञ्चालन गरिने जनाए । राष्ट्रिय खेल समेत रहेको भलिबल सुदूरपश्चिममा सबैभन्दा बढी खेलिने गरेको उनी बताउँछन् ।

प्रतियोगिता अन्तरगत पहिलो हुनेले एक लाख नगदसहित ट्रफी, द्धितिय हुनेले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, तेस्रो र चौथो हुनेले २५÷२५ हजार रुपैयाँसहित ट्रफी तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार