विश्वभर फेसबुक, मेसेन्जर र ह्वाट्सएप डाउन

फेसबुक

काठमाडौँ : सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम र फेसबुक मेसेन्जर केही समयदेखि डाउन भएको छ ।

डाउन डिटेक्टर डट कमका अनुसार विश्वभरका हजारौं प्रयोगकर्ताले केही समयदेखि यी एप प्रयोग गर्न पाएका छैनन् ।

फेसबुक मेसेन्जर र ह्वाट्सएपबाट म्यासेज गएको छैन भने डेस्कटपमा समेत फेसबुक खुलेको छैन । फेसबुकको वेबपेजमा डोमेन नेम सिस्टम(डीएनएस) इरर देखाइरहेको छ ।

यतिबेला अर्को सामाजिक सञ्जाल ट्विटरमा फेसबुक, ह्वाट्सएप र मेसेन्जर नचेलेको भन्दै गरिएका पोस्ट ट्रेन्डिङमा आउन थालेका छन् । ट्विटरमा २४ लाखभन्दा बढी ह्वाट्सएप लेखिएर पोस्ट भइसकेको छ ।

फेसबुकले भने छिट्टै समस्या समाधान हुने बताएको छ । समस्या पहिचानका लागि काम भइरहेको उल्लेख गर्दै फेसबुकले छिट्टै समस्या समाधान हुने बताएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार