युवा नेता भण्डारीद्धारा बीसीसी सुपर कपलाई आर्थिक सहयोग

युवा नेता भण्डारी

बझाङ : बझाङको बुङ्गलमा हुने प्रथम बीबीसी सुपर कप २०७८ आयोजनाका लागि नेकपा एस बझाङका युवा नेता भक्त भण्डारीले आर्थिक सहयोग गरेका छन् ।

बझाङको केदारस्यु गाउँपालिका निवासी भण्डारीले ५० हजार सहयोग गरेका हुन् । उनले कार्तिक ३ गते देखी १० गतेसम्म बझाङको बुङलस्थीत दहबगरमा स्व.धन बहादुर मल्ल र स्व.जयभान बिष्टको सम्झनामा हुन लागेको प्रथम बीसीसी सुपर कप २०७८ का लागि सहयोग गरेको आयोजकले जनाएको छ ।

युवा नेता भण्डारीले सहयोग गरेकोमा आयोजक बुङ्गल क्रिकेट क्लबले धन्यवाद ब्यक्त गरेको छ । प्रतियोगितामा प्रथमलाई एक लाख ५१ हजार एक सय ११, दोस्रोलाई ५१ हजार एक सय ११ रुपैयाँ राखिएको छ ।

म्यानअफद सिरिज १० हजार, बेस्ट बलर पाँच हजार, बेस्ट व्याटम्यान, बेस्ट कप्तान, बेस्ट फिल्डर र अनुशासित टीमलाई २५ सय पुरस्कार छुट्याइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार