डोटीले जित्यो सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि !

सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

धनगढी : धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटीले जितेको छ । आज भएको फाइनल खेलमा डडेल्धुरालाई ३-० को सोझो सेटमा पराजित गर्दै डोटीले उपाधी चुमेको हो ।

पहिलो म्याच २५/२२ ले जितेको डोटीले दोश्रो म्याच सजिलै २५/१३ ले जितेको थियो । त्यस्तै अन्तिम म्याच १७/१७ को बराबरी पछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५/२१ सजिलै उपाधी माथी कब्जा जमाउन सफल रह्यो ।

उपाधिसंगै डोटीले नगद एक लाख र ट्रफी प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उपविजेता बनेको डडेल्धुराले नगद ५० हजार र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कंचनपुरले पच्चिस/पच्चिस हजार नगद सहित ट्रफी प्राप्त गरेका छन ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक बिकास मन्त्री लाल बहादुर खड्काले बिजयी टिमलाई पुरस्कार तथा ट्रफी बितरण गरेका थिए । प्रतियोगिता यहि असोज २०-२३ गतेदेखि धनगढी स्थित रंगशालामा शुरु भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार