अखिल छैठौँमा विवाद : महासचिव नेतृत्वको सम्मेलन धनगढीमा, अध्यक्ष नेतृत्वको सम्मेलन बुटवलमा

अखिल छैठौँमा विवाद : महासचिव नेतृत्वको सम्मेलन धनगढीमा, अध्यक्ष नेतृत्वको सम्मेलन बुटवलमा

धनगढी : राष्ट्रिय जनमोर्चा पार्टीको भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) को २२औँ राष्ट्रिय सम्मेलन पनि विवादमा तानिएको छ।

केन्द्रीय समितिका महासचिव महेशराज जोशीको नेतृत्वमा कैलालीको धनगढीमा राष्ट्रिय सम्मेलन सकिएसँगै केन्द्रीय अध्यक्ष विमल पोख्रेलको नेतृत्वमा बुटवलमा सम्मेलन भइरहेको छ।

भने निवर्तमान अध्यक्ष पोख्रेलको नेतृत्वको बुटवलको सम्मेलनले देवेन्द्र कुँवरको अध्यक्षतामा सुवाश जिसी महासचिव रहेको ३५ सदस्यीय समिति चयन गरेको बताइएको छ।

निवर्तमान महासचिव जोशीको नेतृत्वमा धनगढीमा भएको राष्ट्रिय सम्मेलनले महेशराज जोशीको अध्यक्षतामा उमेश कँडेल महासचिव रहेको ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

अखिल छैठौँ केन्द्रीय समितिका नवनिर्वाचित अध्यक्ष जोशीले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा गरेका हुन् ।

 धनगढीमा भएको २२ औँ राष्ट्रिय सम्मेलनमा जोशीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको छ ।

जसको उपाध्यक्षमा मनोज शर्मा (बाग्लुङ), महासचिव उमेश कँडेल (कैलाली), सचिव आशिष जबेगु (इलाम), कोषाध्यक्ष प्रतिभा शर्मा (काठमाडौं), सचिवालय सदस्यहरुमा शिव चालिसे (बाग्लुङ), महेश भट्ट (कञ्चनपुर), हेमविक्रम चन्द (डोटी), एकेन्द्र कँडेल (कैलाली), सुमन भण्डारी (रुपन्देही), समर शाही (भक्तपुर) र सदस्यहरुमा नरेश झुकाल (डडेल्धुरा), कपिल जोशी (चितवन), संसार कार्की (बाँके), प्रेमप्रसाद भुषाल (प्यूठान), आरती न्यौपाने (सुर्खेत), रोशनी चौधरी –कपिलवस्तु) चयन गरिएको छ ।

त्यस्तै, मिलन लम्साल (काठमाडौं), पुष्कर भट्ट (कञ्चनपुर), बिराट चन्द (बाँके), जनक आचार्य (कैलाली), महेश बिक (ललितपुर), प्रकाश जोशी (बैतडी), लोकराज अवस्थी (डोटी), सनकुमार राई (झापा), निरज थापा (बारा), सरिता सुवेदी (सुनसरी), जिवी कुँवर (अर्घाखाँची) र गणेश चन्द (काठमाडौं) लाई चयन गरिएको छ भने बाँकी दुई जनालाई पछि मनोनित गरिने अध्यक्ष जोशीले बताए ।

यस्तै सोही समितिको सल्लाहकारमा सागर कुँवर (काँस्की) र दिवश पौडेल (काठमाडौ) लाई चयन गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार