बुधवार बिहान कैलालीमा भएको सवारी दुर्घटनामा परि ५ जना घाइते, उपचार हुँदै

बोलेरो जिप र बस एक आपसमा ठोक्किँए

सडक दुर्घटना

धनगढी । कैलालीको गोदावरी स्थित सेल्फी डाँडामा बोलेरो जिप र बस एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् ।

बुधवार ७ः२० बजेको समयमा कैलालीको गोदावरी नगरपालिका वडा.नं. ४ सेल्फी डाँडा स्थित अत्तरियाबाट बैतडी तर्फ जाँदै गरेको बैतडी दशरथ नगरपालिका ९ ग्वाल्लेक बस्ने ३० वर्षीय नरेश जोशीले चलाएको से.१ ज. ९२० न. को बोलेरो जिप र विपरीत दिशा तर्फबाट आउँदै गरेको कैलाली गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया बस्ने २९ वर्षीय चन्द्र बहादुर ऐरले चलाएको ना.४ ख. ८४२८ नम्बरको बस एक आपसमा ठोक्किँदा जिपमा सवार ५ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते हुनेमा बैतडी दशरथ चन्द न.पा. ९ ग्वाल्लेक बस्ने ३० वर्षीय नरेश जोशी (जिप चालक) छाती र बायाँ हातमा चोट लागेको छ । त्यस्तै, बैतडीकै दशरथ चन्द न.पा. ३ बस्ने वर्ष २० को वीरेन्द्र नाथ नाकमा चोट, पाटन न.पा. ९ खोडपे बस्ने वर्ष १८ को महेश सिंह भाट दाहिने हात र टाउकोमा चोट, कैलाली गोदावरी न.पा. ५ गेटा बस्ने वर्ष ६० को राम दत्त भट्टराई घाँटी र चिउँडोमा चोट र कञ्चनपुर कृष्णपुर न.पा. ५ बस्ने वर्ष १८ को दीपक जोशी निधारमा चोट लागेको जिल्ल प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिस्टले बताए ।

विष्टका अनुसार घाइते सबैको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । भने दुवै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार