एसपी अधिकारीद्वारा सफल अनुसन्धान, धनगढीमा श्रीमानको हत्या गर्ने श्रीमती सहित २ जना सार्वजनिक

हत्याको अभियोगमा पक्राउ परेका २ जना सार्वजनिक

एसपी अधिकारीद्वारा सफल अनुसन्धान, श्रीमानको हत्या गर्ने श्रीमती सहित २ जना सार्वजनिक

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी सहितको टोलीले धनगढीमा श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको घटनाको सफल अनुसन्धान गरेको छ । प्रहरीले आइतबार कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित दुई जनालाई सार्वजनिक गरेको छ।

हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई सार्वजनिक गरेको हो। उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान समेत रहेका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए।

अमृता र विष्णुबीच केही वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको बताउँदै एसपी अधिकारी शुक्रबार राति दुवै जनालाई रमेशले आपत्तीजनक अवस्थामा भेटेपछि घटना भएको जनाए। ‘रमेश चौधरीले आफ्नो घर नजिकै परालको थुप्रोमा दुवै जनालाई राति आपत्तीजनक अवस्थामा देखेको रहेछ। सो क्रममा आवेगमा आएर विष्णुमाथि कुटपिट गरेको देखिन्छ,’ एसपी अधिकारीले भने, ‘सोही क्रममा विष्णुले प्रतिकार गरेर अमृतासँग मिलेर खेतमा घाँटी थिचेर हत्या गरेको पाइएको छ ।’

बिष्णु चौधरी र अमृता चौधरीको नाममा मृतकका आफन्तले आइतबार नै प्रहर कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिए पश्चात् सोही शिर्षकमा दुवै जना बिरुद्ध मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।

शुक्रबार साँझ साथीको घरमा जान भन्दै घरबाट निस्किएका रमेश बिहान मृत अवस्थामा फेला परेका थिए । अमृता चौधरी र बिष्णु चौधरी विगत केही बर्ष देखि प्रेम सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कैलाली प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार