वर्षाका कारण कैलालीमा ५ देखि १० प्रतिशत धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्रको अनुमान

केही समय धान नकाट्न आग्रह

दसैँ नभनी धान भित्र्याउन लागेका सुदूरका किसानको पिडा, धान खेतमै तैरियो !

धनगढी : आईतबार देखी परेको वर्षाका कारण कैलालीमा ५ देखि १० प्रतिशत धान उत्पादनमा कमी आउन सक्ने अवस्था सिर्जना भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

कैलाली धान खेतीका लागि पकेट क्षेत्र रहेको भए पनि यस पटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर क्षेत्रफलको धान बालीलाई नोक्सानी पुर्‍याएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले बताए ।

कैलालीमा करिब ७० हजार हेक्टर जमिनमा धान खेती हुँदै आएको बताउँदै केन्द्रका प्रमुख शर्माले बेमौसमी पानीका कारण भएको नोक्सानीले यो वर्ष ५ देखि १० प्रतिशत धान उत्पादनमा कमी आउने बताए ।

अघिल्लो वर्ष २ लाख ८० हजार मेट्रिक टन धान उत्पादन भएको बताउँदै प्रमुख शर्माले यो वर्ष समय(समयमा पानी परेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको भए पनि अहिले उक्त परिणाममा धान भित्र्याउन नपाउने बताए ।

उत्पादन भएको धान बालीसमेत राम्रो मूल्य नपाउन सक्ने भएकाले किसानहरू प्रत्यक्ष मारमा पर्ने केन्द्रका प्रमुख शर्माले बताए । धान भिजेकाका कारण कालो हुने, बिउका लागि उपयुक्त नहुने हुँदा व्यापारीले सस्तो मूल्यमा धान खरिद गर्न सक्ने भएकाले सरकारले ध्यान दिनु पर्ने शर्माले बताए ।

अहिले पनि पानी निरन्तर परिरहेका कारण  किसानहरूले कम भिजेका धानलाई भिज्नबाट बचाउन ध्यान दिनु पर्ने केन्द्रका प्रमुख शर्माले जानकारी दिए । उनले किसानहरूले ७० देखि ८० प्रतिशत सम्म धान काटिसकेको बताउँदै बाँकी धानसमेत काट्ने तयारीमा रहेका किसानहरूलाई केही समय धान नकाट्न आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार