सुदूरपश्चिम प्रदेशमा सोमबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमण

बैतडी: सुदूरपश्चिम प्रदेशमा सोमबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ४२१ जनाको नमूना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

दश जनामा आरटी पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा पाँच÷पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिमार्फत कैलाली र बाजुरा एक÷एक जनामा सङ्क्रमण देखिएको हो।

यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।, उक्त अवधिमा प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरका ६७ वर्षीय पुरुष र कैलालीका ६० वर्षीय पुरुष रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार