नेकपा एमालेको धनगढी नगर अधिवेशन सम्पन्न गर्न विभिन्न उप-समिति गठन

नेकपा एमालेको धनगढी नगर अधिवेशन सम्पन्न गर्न विभिन्न उप-समिति गठन

धनगढी : नेकपा एमालेको धनगढी उप-महानगरपालिकाको नगर अधिवेशनका लागि तयारी शुरु गरिएको छ ।

अगामी कात्तिक १५ गतेका लागि तय गरिएको नगर अधिवेशन सम्पन्न गर्न सोमबार बसेको नगर कमिटीको बैठकले जिम्मेवारी बाँडफाँड गर्दै विभिन्न उपसमितिहरू गठन गरेको छ । नगर अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले जोशीकै संयोजकत्वमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन लेखन समिति गठन गरेको छ ।

उक्त समितिको सदस्यमा रतन खाती, रोहित बोगटी, कालु सिंह धामी र विश्वास शाह छन् । नगर सचिव प्रेम महराको संयोजकत्वमा कन्दकला राना र सुनिलजंग शाही सदस्य रहेको आर्थिक व्यवस्थापन लेखन उपसमिति गठन गरिएको छ ।

हिक्मत रावलको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ । सो समितिको सदस्यमा किशोर शाह, राजेन्द्र रमतेल, कुलबहादुर रावल, डेबिट खड्का र प्रेमप्रसाद काफ्ले छन् ।

मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा रोखा सिवाकोटी तथा सदस्यमा गीता बस्नेत र रक्षा बम चयन भएका छन् भने शेरबहादुर महराको संयोजकत्वमा स्वंयंम सेवक परिचालन उपसमिति गठन गरिएको छ । उक्त समितिको सदस्यमा अविशेक नाथ र शिशिर थापा रहेका छन् ।

विराज रोस्याराको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । सो समितिको सदस्यमा जनकसिंह विष्ट र भीम बडेला छन् । धनराज अवस्थीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति चयन गरिएको छ । उक्त समितिको सदस्यमा मीनबहादुर सिंह, शिवराज राना, दिनेश पाण्डे र प्रकाश चदारा रहेका छन् ।

बैठकले नगर अधिवेशन धनगढीस्थित ओम प्यालेसमा गर्ने निर्णय गरेको छ । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण नागरिकको धनजनमा गरेको क्षतिको विवरण सङ्कलन गरेर यद्याशिघ्र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय पनि गरेको नगर अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार