धनगढीमा घर भत्किएर बिचल्लीमा परेका किरिया पुत्रीलाई अनेरास्वीयूद्वारा टेन्ट सहयोग (फोटो समाचार)

किरिया पुत्रीलाई अनेरास्वीयूद्वारा टेन्ट सहयोग

किरिया पुत्रीलाई अनेरास्वीयूद्वारा टेन्ट सहयोग

धनगढी : धनगढीमा घर भत्किएर बिचल्लीमा परेका किरिया पुत्रीका लागि अनेरास्वीयूका युवाहरुले टेन्ट गाडेका छन् ।

धनगढी उप-महानगरपालिका–१३ गेटीमा कच्ची घर भत्किएर त्रिपालमुुनी बसेर बुवाको किरियामा बसेका धर्मबहादुर बिकको परिवारका लागि नेकपा एमाले निकट अनेरास्वीयूूका युुवाले टेन्ट गाडेका हुन् ।

No description available.

अनेरास्वीयू कैलालीका अध्यक्ष किशोर शाहले घर भत्किदा ओत लाग्ने छानो नभएर त्रिपालमुनि बसेर आमाछोराले किरिया गरिरहेको थाहा पाएपछि बिहीबार गेटीमै पुुगेर टेन्ड गाडेर पीडित परिवारलाई सहयोग गरिएको बताए । उनकाअनुसार अनेरास्वीयूले खाद्यान्न, नुन, तेल, दाल तथा तकारी पनि सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

No description available.

अनेरास्वीयूूको अगुुवाइमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा युुवा संघका युुवाहरुको पनि सहभागिता रहेको थियो । खुुला आकाशमुुनि बसेर श्रीमानको किरिया गरिरहेकी ७० वर्षीया बृद्धा धौली बिकले युवाहरुले विपत्तका बेला टेन्ट र खाद्यान्न लगायतका समाग्री सहयोग गरेर आफ्नो परिवारमाथि ठूलो गुुन लगाएको बताइन् । उनले आफूूसँग ओढ्न, विछाउन तथा शरीरमा लगाउनका लागि लुुगा समेत नरहेकाले सहयोग गरिदिन पनि याचना गरेकी छन् ।

No description available.

अनेरास्वीयूले बिहीबार साँझ नै बृद्धाको मागबमोजिमका लत्ताकपडाको प्रबन्ध पनि मिलाइने जनाएको छ ।

No description available.

धौलीका श्रीमान बजिराम बिकको कात्तिक ८ गते ८० वर्षको उमेरमा निधन भएको थियो । उनी र एक छोरा किरियामा बसिरहेका भएपनि रोजगारीका लागि भारतमा गएका जेठो छोरा भने धेरै वर्षदेखि परिवारको सम्पर्कमा छैनन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार