सर्वोच्च परिसरमा कुटाई खाएका वकिलले रुँदै भने, ‘अब यो मुलुकमा राजा चाहिन्छ’

दुई वकिल बीच कुटाकुट

सर्वोच्च परिसरमा कुटाई खाएका वकिलले रुँदै भ

सर्वोच्चमा प्रध्यानन्याधीस प्रकरण दिन प्रति दिन पेचिलो बन्दै गएको छ । विवादले उग्ररुप लिएपछि आज दुई वकिल बीच कुटाकुटनै भएको छ ।

पाँच दिनदेखि सुनुवाइ ठप्प भएको सर्वोच्चमा शुक्रबार मध्यान्ह दुईजना वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो ।प्रधानन्यायाधीशलाई लिएर दुईजनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई झापट हानेका थिए। विवाद बढेपछि कुटाकुट गर्नेमा न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका छन्।

अर्कातिर झापट खाने अधिवक्ता चुँडालले इजलास रोक्न नहुने अडान राख्दै आएका छन्। चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए ।

चुँडालले कुटाइखाए पश्चात प्रतिक्रिया दिदै बार गैर संवैधानिक भएको भन्दै अब यसको काम नभएको बताए । उनले मुलुकमा गणतन्त्र अन्त्य भएको र राजतन्त्र आउने दाबी गरे । बारले स्वतन्त्र कानुन व्यवशायीमाथि दमन गरेको उनको गुनासो छ । चुँडाल भन्छन् हामी माथि कुटपिट हुँदा बारका पदाधिकारी रमित हेरेर हासेर बस्छन् । यहा सरासर अन्याय भएको छ । एउटा कानुन व्यवशायी सर्वोच्चमा आएर पिटीन्छ अरु रमित हेर्छन् ।

यो व्यवस्थाको अन्त्य होस मुलुकमा पशुपति नाथ छन् भने राजतन्त्र आउनै पर्छ यही ठाँउबाट भन्छु म रगत बगाउन चाहान्छु तयार छु राजतन्त्र आउनै पर्छ राजतन्त्र नल्याई छोडदै छोड्दीन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार