कैलालीमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु, हतियार प्रहार गर्ने व्यक्ति पक्राउ

कैलालीमा धारीलो हतियार प्रहारबाट एक जनाको मृत्यु, हतियार प्रहार गर्ने व्यक्ति पक्राउ

धनगढी : कैलालीमा धारीलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ का १८ वर्षीय अनुप साउदको हत्या भएको हो।

अनुपको चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

भजनी नगरपालिका -३ का १९ वर्षीय किरन साउदमाथी चक्कु प्रहार गरेको आरोप लागेको छ। उनी टीकापुर आफन्तको घर गएका थिए। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको प्रवक्ता विष्टले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार