कैलालीको अत्तरियामा रहेको राजा महेन्द्रको सालिक पुनः निर्माण हुने

कैलालीको अत्तरिया

धनगढी : कैलालीको अत्तरियामा राजा महेन्द्रको सालिक पुनः निर्माण हुने भएको छ । सालिक पुनः निर्माण समितिले राजाको सालिक पुनः निर्माण कार्य मङ्गलवार शुभारम्भ गर्ने भएको हो । अत्तरिया चोकमा भत्किएको सालिक पुनः निर्माण गरिने सालिक पुनः निर्माण समितिका सदस्य खगेन्द्र योगीले जानकारी दिए ।

दाताहरूको सहयोगबाट राजा महेन्द्रको सालिक निर्माण गरिन लागिएको उनले बताए । २०६२/६३ को जनआन्दोलनको समयमा उक्त सालिक भत्काइएको थियो ।

राजा महेन्द्रको इतिहास जोगाउनको लागि सालिक पुनः निर्माण गरिन लागिएको समितिका सदस्य योगीले जानकारी दिए । यही कार्तिक १६ गतेबाट सालिक पुनः निर्माण कार्य शुभारम्भ गरिन लागिएको हो ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार