SKIP THIS

धनगढी उप-महानगरपालिका

कैलालीको भजनी स्थित काडाँ नदिमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु

डुबेर मृत्यु

कैलाली : कैलालीको भजनी नगरपालिका स्थित काडाँ नदिमा नुहाउने क्रममा दुई जना बालकको मृत्यु भएको छ ।

शनिबार नदिमा नुहाउने क्रममा डुबेर भजनी नगरपालिका वडा नं.३ ढुसि बस्ने नरेन्द्र निसादको अन्दाजी १३ वर्षिया छोरा धनन्जय निसाद र सोही ठाउँ बस्ने लायक राम चौधरीका १० बर्षिया छोरा अरबिन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरू दुबैजना नदिमा डेबेको खवर स्थानीयले प्रहरीलाई गरेपछि ईलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिई गएको टोलिले नदीमा मृत अवस्थामा उनीहरूको शव फेला पारेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार