टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता सुरु, ७ वटा टिम क्वाटर फाइनलमा

धनगढी : दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ।

टेकवहादुर चोखाल फाउण्डेसनको आयोजना र अभि मिडिया ईभेन्ट्स एण्ड स्पोर्टसको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको पहिलो दिन शनिबार लिग चरणका ८ वटा खेल सम्पन्न भएका छन।

जसअन्तर्गत ७ वटा टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन। धनगढीको वडा नम्बर ५, गोदावरी नगरपालिका ८, वडा नम्बर ४ ‘ए’ धनगढी, वडा नम्बर १ गोदावरी, वडा नम्बर १ धनगढी, वडा नम्बर ३ धनगढी र वडा नम्बर १२ धनगढीको टिम क्वाटर फाइनलमा पुगेका हुन।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले गरेका थिए। भने कार्यक्रममा विशिष्ठ अतिथि धनगढी उप–महानगरपालिकाकी उप–मेयर शुशीला मिश्र भट्ट रहेकी थिइन्। प्रतियोगितामा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका विभिन्न वडाका गरी १८ वटा टीमहरुको सहभागीता रहेको छ।

आजबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म धनगढीको फल्याटल्याण्ड फुटसलमा सञ्चालन हुने छ। दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ५० हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद नगद २५ हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार