शनिबार सुदूरपश्चिममा ९ कोरोना संक्रमित थपिदा ११ जना निको

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढी : शनिबार सुदूरपश्चिम प्रदेशमा थप ९ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ हजार २ सय ३७ नमूनाको कोरोना जाँच गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन बिधिबाट १ हजार १ सय ७४ नमूनाको कोरोना परिक्षण गर्दा ३ जना र पीसीआर बिधिबाट ६३ नमूनाको कोरोना जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार ७ सय ३१ पुगको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार ७ सय २१ पुगको छ । हाल प्रदेशका बिभिन्न अस्पतालमा १२ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये सेती प्रादेशिक अस्पतालमा १० जना र महाकाली अस्पतालमा २ जनाको उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार