गेदावरी अध्यक्षमा एमालेका दुई खेमा प्रस्ट, आनन्द भट्टलाई लेखराज भट्टको समर्थन

गेदावरी अध्यक्षमा एमालेका दुई खेमा प्रस्ट, आनन्द भट्टलाई लेखराज भट्टको समर्थन

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा एमालेका दुई खेमा प्रस्ट भएका छन् । पुर्ब माओवादी र पुर्व एमाले खेमा प्रस्ट देखिएको छ । पुर्ब माओवादीबाट एमाले सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टका भाई अध्यक्षको उम्मेदवार बनेका छन् भने पुर्व एमालेका नगर अध्यक्ष आनन्द भट्टपनि अध्यक्षको उम्मेद्वार छन् ।

सहमतीमै एमालेको अधिवेशन गर्ने तयारी गरेका नेताहरुबिच आपसी सहमती नजुट्दा चुनाव हुने सम्भावना बढेको छ । नगर अध्यक्षका लागी पुर्ब माओवादीका गोकर्ण भट्ट र एमालेका तत्कालिन अध्यक्ष रहेका आनन्द भट्ट मैदानमा उत्रिएका छन् । उनिहरु पछि हट्ने पक्षमा छैनन् ।

आनन्द भट्टलाइनै अध्यक्ष बनाउने पक्षमा लेखरा भट्टपनि थिए । एमाले गोदावरीका एक नेताले भने ‘लेखरा भट्टलेनै आनन्दलाई अध्यक्ष बनाउनुपर्छ भन्नुभएको थियो त्यही भएर उनले अध्यक्षका लागी तयारी गरेका हुन् तर अन्तमा उहाँका भाई गाृकर्ण भट्टपनि अध्यक्षका लागी तयार भएपछि यहाँ चुनाव हुनसक्ने सम्भावना बढेको छ ।’
ति नेताले भने ‘आनन्द यहाँका लागी नेता कार्यक्रताका मनमा बसेको नेता हुन् उनलाई अध्यक्ष बनाउँदा एमाले निकै बलियो हुन्छ स्थानिय तहमा निर्वाचनपनि जित्न सकिने हुन्छ तर आनन्दलाइनै पछार्ने चलखेल भइरहेको छ यहाँ त्यही भएर गोदावरीमा एमाले कमजोर हुनसक्छ ।’

फिल्डमा आनन्द भट्ट कार्यक्रता र जनताका बिच निकै लोकप्रिय मान्छे हुन् त्यस कारण लेखराज भट्टलेपनि आनन्दलाइनै अध्यक्ष बनाउने तयारी गरेका थिए ति नेताले भने ‘तर बिचमा पुर्ब माओवादीका केही साथीहरुले गलत किसिमले रोल खेलिराख्नुभएको छ यसको परिणाम गलत हुन्छ यस्ता गतिबिधिले गोदावरीमा एमाले निकै कमजोर हुन्छ ।’

एमालेको नगर अधिवेशन भोली कार्तिक १५ गते हुँदैछ, गोदावरी तथा धनगढीमा अध्यक्षका लागी अँझै सहमती जुट्न सकेको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार