डोटीको सायल गाउँपालिकामा एमालेको प्रथम अधिवेशन सर्वसम्मत सम्पन्न

एमालेको प्रथम अधिवेशन

डोटीको सायल गाउँपालिकामा एमालेको प्रथम अधिवेशन सर्वसम्मत सम्पन्न

डोटी : नेपाल कम्युनिस्ट पार्टी एमालेले डोटीको सायल गाउँपालिकामा  प्रथम अधिवेशन सम्पन्न गरेको छ।

अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको एमाले सायल गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले अध्यक्ष केशव राज उपाध्यायको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति पाएको छ । उपाध्यक्ष सग्राम दमाई ,सचीव गणेश ऐर ,उपसचिव जनक बहादुर सिहं र गणेस बि.क रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमाले सायल गाउँपालिका ईन्चार्ज धन बहादुर नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एमाले सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल, उपाध्यक्ष विष्ना सिहंको पनि सहभागिता रहेको नवनिर्वाचित उपसचिव जनक बहादुर सिहंले जानकारी दिए। यसै बिच नेपाल कम्युनिस्ट पार्टी एमाले सायल गाउँपालिकामा ६ वटै वडामा पनि अधिवेशन सर्वसम्मत सम्पन्न गरेको सिहंले जाकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार