अपाङ्गता भएका व्यक्तिहरुको स्पष्ट तथ्याङ्क संकलन गर्न अपाङ्ग महासंघ सुदूरपश्चिमको माग

ऐतिहासिक जनगणना २०७८

अपाङ्गता भएका व्यक्तिहरुको स्पष्ट तथ्याङ्क संकलन गर्न अपाङ्ग महासंघ सुदूरपश्चिमको माग

धनगढी : ऐतिहासिक जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरूको यकिन तथ्याङ्क संकलन गर्न माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमले मंगलबार धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले जनगणनामा अपाङ्गता भएका व्यक्तिहरूको स्पष्ट तथ्याङ्क संकलन गर्न माग गरेका हुन ।

जनगणनामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी गराउनको लागी सबैले सहयोग कुरामा सबै सहभागीहरूले जोड दिएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको स्पष्ट तथ्याङ्क नआउँदा समस्या हुने गरेकाले जनगणनामा सहभागी गराउन चुनौतीहरू भएपनि सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य चिन्तामणि पौडेलले बताए ।

राज्यले ल्याउने नीति तथा कार्यक्रमका लागि अपाङ्गता भएका व्यक्तिहरूको स्पष्ट तथ्याङ्क हुनु पर्ने हुँदा अपाङ्गता भएका सबै व्यक्तिहरूलाई जनगणनामा समेट्न पर्ने राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका कोषाध्यक्ष गौरीलाल पार्कीले बताए । उनले गणकहरुलाई बहिरा तथा सुस्तश्रवण कस्तो हुन्छ भन्ने विषयमा स्पष्ट जानकारी हुनु पर्ने बताए । यस्तै कार्यक्रममा सहभागी रुपा राईले यस्तो अन्तरक्रिया पहिले नै हुनुपर्ने बत्ताइन् ।

”पहिले देखिनै यो कार्यक्रम गरेको भए सहज हुन्थ्यो’,उनले भनिन्,‘तर अहिले गणकहरूको तालिम समापन भइसकेको छ ।” आगामी जनगणनामा यस्ता कुराहरूलाई सुधार गर्नु पर्ने सुझाव दिँदै यो पटकको जनगणनामा पनि अपाङ्गता भएका व्यक्तिहरूको स्पष्ट तथ्याङ्क संकलन गर्न उनले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइन् । उनले अहिले को अवस्थामा १२ प्रकारका अपाङ्गता भएका व्यक्तिहरू रहेको बत्ताइन् । ती सबैको यकिन जनगणना गरिनु पर्ने उनको भनाई छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जनगणनाको लागि प्रचार प्रसारमा विशेष जोड दिन आवश्यक रहेको बताए । जनगणनामा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्न र उनीहरूलाई सहजिकरणमा सहयोग पु¥याउन प्रचारप्रसारमा विशेष जोड दिनु पर्ने उनको भनाई छ ।

अहिले सरकारले देशैभर जनगणको लागि गणकहरुलाई तालीम दिएर कार्यक्षेत्रमा खटाइसकेको छ । धनगढी उप–महानगरपालिकाका सुचना अधिकारी सुरेन्द्र कार्कीले अपाङ्गता भएका व्यक्तिहरूलाई गणनामा नछुटाउने तरीकाले गणकहरुलाई परिचाल गरेको जानकारी दिए । यस्तै अहिले निर्वाचन कार्यालयले जनगणनाको सबै तयारी पुरा गरिसकेको छ ।

भने यही कात्तिक २५ गते देखि ‘मेरो जनगणना, मेरो सहभागिता’ भन्ने नारा सहित मङ्सिर ९ गतेसम्म गणनाको काम सुरु हुने हुँदैछ । जनगणनाको प्रश्नावली बनाउँदा अपाङ्ग महासंघ सँग मिलेर प्रश्नावली तयार गरिएको हुँदा सबैको गणना हुने प्रदेश जनगणना कार्यालयका प्रमुख नरेन्द्र रावलले जानकारी दिए ।

जनगणना कार्यालयले १२ प्रकारका अपाङ्गता भएका व्यक्तिहरू भनेर स्पष्ट  प्रश्नावली तयार गरेको र गणनामा कोही पनि अपाङ्गता भएका व्यक्तिहरू नछुट्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार