भोक प्यास नभनी उद्धारमा खटिने तीन वटै सुरक्षा निकायप्रति मन्त्रालय आभारी छ : मन्त्री जोशी

'प्रदेश सरकार कार्यमञ्च गठन गर्न सकारात्मक छ'

भोक प्यास नभनी उद्धारमा खटिने तीन वटै सुरक्षा निकायप्रति मन्त्रालय आभारी छ : मन्त्री जोशी

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले प्रदेश सरकार कार्य मञ्च गठन गर्नमा सकारात्मक रहेको बताइन ।

‘अहिले बेमौसमी वर्षा तका कारण प्रदेशमा धेरै जनधनको क्षति भयो’ उनले भनिन –‘हामीले त्यसवखत सबै छलफल गरी तत्काल राहत, उद्धार र पुनर्स्थापनामा खटियौँ ।’ उनले विपद्को बेला जति धेरै समन्वय र सहकार्य भयो त्यति नै छिट्टो राहत, उद्धार र पुनर्स्थापनामा सहजता हुने बताइन । उनले मन्त्रालयमा कर्मचारी पूर्णता भए लगत्तै सो कार्य मञ्च गठन गरिने बताइन ।

उनले विपदबाट मानवीय क्षति बढी हुन नदिनमा सुरक्षा निकायको ठुलो भूमिका रहेको बताइन । ‘बाढी पहिरोका कारण धेरै घरपरिवार प्रभावित भए । रोग र भोक केही नभनी नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाहरू उद्धार मा खटिए’ उनले भनिन ‘मन्त्रालयले सुरक्षा निकायप्रति आभारी छ । हामीले उद्धार मा खटिएका ती सुरक्षाकर्मीलाई प्रोत्साहनका कार्यक्रम ल्याउने प्रस्ताव गरेका छौँ । यसले आम मानिसलाई पनि स्व स्फूर्त उद्धार मा खटिन प्रोत्साहन गर्छ ।’

उनले विपद् कोषको रकम जिल्ला प्रशासन मात्र नभई तीन वटै सुरक्षा निकायमा पनि उपलब्ध गराउने बताइन । ‘हामीले प्रशासनमा विपद् कोषका रकम उपलब्ध गराउने गर्छौ तर, उद्धार मा खटिएका ती सुरक्षाकर्मीका लागि केही गर्न सकेका छैनौँ । त्यसैले अब तीन वटै सुरक्षाकर्मीलाई पाच/पाच लाख रकम उपलब्ध गराउने प्रस्ताव पेस गर्दैछौं ।’

मन्त्री जोशीले प्रदेशमा उद्धारका सामाग्री अभाव रहेको दोहोर्‍याइन । ‘बाढी पहिरोका कारण सडक सञ्जाल, जलविद्युत, कृषि लगायतमा क्षति भयो’ उनले भनिन –‘जनतालाई सहयोग गर्ने बेला हामीसँग उद्धारका सामाग्री अभाव भए । तैपनि प्रदेश सरकार लागिरह्यो ।’

उनले तत्काल केन्द्र सरकारले हेभि इक्यूपमेण्ट, दमकल, शव बाहन, विपद् उद्धार एम्बुलेन्स लगायतका सामाग्री उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग अनुरोध गरिन । मन्त्री जोशीले प्रदेशमा असन्तुलित प्राकृतिक जोखिम प्रदेश रहेको बताइन ।

प्राधिकरणका अध्यक्ष डाक्टर डिजन भट्टराइले सबै प्रदेशमा विपदमा उद्धार गर्नका लागि आधुनिक एम्बुलेन्स उपलब्ध गराउने तयारीमा रहेको बताए । ‘हामीले खरिद प्रक्रिया अघि बढाइसकेका छौ’ उनले भने –‘केही प्राविधिक कारणले अहिले समस्या भएको छ । छिट्टै प्रदेशमा आधुनिक एम्बुलेन्स हुने छ ।’

कैलाली प्रमुख जिल्ला अधिकारी किरण थापाले बेमौसमी वर्षाले निम्त्याएको क्षतिबारे प्रशासनले लागत संकलन गरिरहेको बताए । ‘जति धेरै निकाय, संस्था तथा क्षेत्रहरूसँग समन्वय र सहकार्य भयो त्यति नै सरकारले जनताको पक्षमा राम्ररी काम गर्न सक्छ’ उनले भने ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदिप बेस्राले स्वागत गरेको कार्यक्रमको सञ्चालन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति लक्ष्मीप्रसाद जोशीले गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार