धनगढीमा सिनेमा घर चलायमान बन्दै, एसटिएस सिनेमा घरमा हिन्दी फिल्म सूर्यवंशी लाग्ने

धनगढीको एसटिएस सिनेमा घरमा हिन्दी फिल्म सुर्यवंशि लाग्ने

धनगढी : लामो समय देखि कोरोना माहामारिका कारण बन्द रहेको धनगढीको एसटिएस सिनेमा घरमा हिन्दी फिल्म सुर्यवंशि लाग्ने भएको छ । यहि कार्तिक १९ गतेबाट हल पुर्ण रुपमा संचालन भई सुर्यवंशी फिल्म लाग्ने भएको हो ।

लामो समयको विश्रामपछि पुन: हल संचालन गर्दै पहिलो सो को रुपमा सुर्यवंशी लगाउने तयारी गरेको एसटिएस सिनेमा घरका सम्बन्धित व्यक्ति योगेन्द्र नायकले बताए । स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै अब हल पुर्ण रुपमा खुलिसकेको छ, उनले भने, निर्धक्क भएर पारिवारिक माहोलमै फिम्ल हेर्न सकिनेछ ।

अहिले देशभरका विभिन्न सिनेमा हल संचालनमा आएका छन । सोही अनुसार धनगढीमा रहेको एसटिएस सिनेमा हलले पनि कोरोनाकालपछी चर्चित हिन्दी फिल्म सुर्यवंशीबाट हल खोल्ने जनाएको छ । उक्त फिल्मको ट्रेलरले नै पछिल्लो समय धेरैको ध्यान आकर्षित गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार