कैलालीका ७ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व चयन

६ मा बाँकी, दुई स्थानीय तहमा महिला नेतृत्व

कैलालीका ७ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व चयन

धनगढी : कैलालीका १३ स्थानीय तह मध्ये सात पालिकामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ। धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, जानकी, कैलारी, जोशीपुर, चुरे, बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो।

एमाले कैलालीका अनुसार अझै ६ पालिका कमिटीको नेतृत्व चयन गर्न बाँकी छ। लम्की चुहा र घोडाघोडी नगरपालिका तथा मोहन्याल, गाउँपालिका सहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको छ। एमालेले मंगलवारसम्म चयन गरेका सातमध्ये दुई स्थानीय तहमा महिलाले नेतृत्व पाएका छन्। गौरीगंगा नगरपालिकामा शान्ति सिंह र कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष चयन भएको बताइएको छ।

यस्तै धनगढीमा रामचन्द्र जोशीको अध्यक्षतामामा ८५ सदस्यीय कमिटी गठन भएको छ। जानकी गाउँपालिकामा खकेन्द्र भण्डारीको अध्यक्षतामा ७१ सदस्यीय जोशीपुर गाउँपालिकामा केशर चौधरीको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी चयन भएको छ। चुरे गाउँपालिकामा चक्र बोगटीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको छ। बर्दगोरियामा मधुकर सिजापतिको अध्यक्षतामा ६० सदस्यीय कमिटी गठन भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार