बझाङमा खाद्यान्न लगायत औषधिको समेत अभाव

खाद्यान्न लगायत औषधिको समेत अभाव

औषधि

गत असोज ३१ गतेदेखि लगातार परेको बर्षाका कारण कात्तिक ३ गतेदेखि  अबरुद्ध बझाङ जोड्ने जयपृथ्वी राजमार्गको नारूगौडा-जालेबगर सडक खण्ड सुचारू हुन नसक्दा बझाङमा खाद्यान्न लगायत औषधिको समेत अभाव हुन थालेको छ ।

बर्षाले जयपृथ्वी राजमार्गको केदारस्यु गाउँपालिका १ नारूगाड र छबिसपाथिभेरा गाउँपालिकाको जालेबगर सडक खण्ड करिब एकसय ५० मिटर बगाउँदा बैतडी भएर बझाङ पुग्ने सडक अबरुद्ध भएको हो ।

केदारस्यु गाउँपालिकाक अध्यक्ष ईन्द्र बहादुर भण्डारीले सडक अबरुद्ध हुँदा निकै सास्ती भएको बताए । उनले सडकनै बाढीले बगाएपछि नयाँ ट्र्याक खोल्ने काम भैरहेको बताउदै चट्टानी पहाडका कारण निकै समस्या भैरहेको बताए ।

उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले सडक अबरुद्ध हुँदा बजारमा खाद्यान्न लगायतका सामाग्री अभाव हुनुका साथै कालो बजारी समेत भैरहेको बताए । उनले सडक सुचारु गर्न ढिलाई गरे बझाङ सदरमुकाममा धेरै बस्तुको अभाव भई हाहाकार हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरे ।

सडक छिटोभन्दा छिटो सुचारूका लागि जिल्ला प्रशासन कार्यालय बझाङलाई ज्ञापनपत्र बुझाएको बताउदै अध्यक्ष सुर्मेलीले प्रदेश सरकारको ध्यान जानुपर्ने बताए । सडक डिभिजन कार्यालयले जिलेटिन प्रयोग गरेर चट्टान फोड्ने र भत्किएको सडकको माथिल्लो भाग भएर ट्र्याक खोल्ने काम भैरहेको जनाएको छ ।

बझाङ सडक खण्डका इन्जिनियर बर्ख कठायतले पुरै चट्टान भएका कारण सडको ट्र्याक खोल्न निकै गाह्रो भैरहेको बताए । उनले जिलेटिन प्रयोग गरेर चट्टान फोड्ने काम भैरहेको बताउदै करिब हप्तादिन भित्रमा अस्थायी रुपमा ट्र्याक खोलिने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार