कृषि सामग्री कम्पनी लिमिटेड काठमाडौंले एक साताभित्रै धनगढीमा रासायनिक मल पठाउने

सरकारी अनुदानको मल पाउन निकै कठिन

डीएपी मल

धनगढीः कृषि सामग्री कम्पनी लिमिटेड काठमाडौंले अबको एक साताभित्रै धनगढीमा रासायनिक मल पठाउने तयारी गरेको छ।

एक साताभित्रै कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीको गोदाममा पुग्ने गरी डीएपी मल पठाउने तयारी भइरहेको कृषि सामग्री कम्पनी लिमिटेड काठमाडौंका सूचना अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी गराए।

सरकारी अनुदानको मल पाउन निकै कठिन भएकाले समयमा मल आपूर्ति गर्न समस्या भएको कम्पनीले जनाएको छ। विश्व बजारमा कच्चा पदार्थको मूल्य अस्वभाविक रुपमा बढेकाले ३ पटक बोलपत्र आह्वान गर्दा पनि लामो समयदेखि आपूर्तिकर्ताको रुपमा काम गर्दै आएका कम्पनीले समेत अनिच्छा देखाएकाले समस्या भएको बताइएको छ।

गत वर्ष ३ सय ४१ रुपैयाँका दरले खरिद गरेको मलको मूल्य यसपटक ९ सय ५५ रुपैयाँले वृद्धि भएपछि सहज रुपमा मल आयात गर्न समस्या भएको समेत सूचना अधिकारी पोखरेलले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार