SKIP THIS

Axis Vidyashram plus 2 in Law, Science & Management

गोवर्धन पूजाको दिन स्ट्रिट पव्ज र वडा प्रहरी धनगढीले लगाए सडक पशु चौपायालाई रिफ्लेक्टीभ बेल्ट

गोवर्धन पूजा

धनगढी : गोवर्धन पूजाको अवसर पारी स्ट्रिट पव्ज र वडा प्रहरी कार्यालय धनगढीले सडक पशु चौपायालाई लाइट रिफ्लेक्टीभ बेल्ट लगाएको छ ।

बेवारिसे सडक कुकुरहरूको उपचार, उद्धार गर्दै आइरहेको स्ट्रिट पव्ज र वडा प्रहरी कार्यालय धनगढीको सहयोगमा सो कार्य गरिएको हो ।

साँझ, रातिको समयमा सडकमा अँध्यारो भएको बेला हुन सक्ने दुर्घटनाबाट जोगिनको निम्ति शुक्रवार धनगढीको ट्राफिक चौराहा देखी बोराडाडी सम्म छ लेन सडकमा रहेका  ३५-४० चौपाया (गाई,गोरु) लाई रिफ्लेक्टीभ बेल्ट लगाइएको  स्ट्रिट पव्जकी सञ्चालिका रीतिका गुरुङले बताइन् ।

गुरुङका अनुसार दुर्घटना न्यूनीकरण गर्नको निम्ति गरिएको सो कार्यमा सहकार्य गर्न पाउँदा वडा प्रहरी कार्यालय धनगढीले खुसी व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार