आज तिहारको अन्तिम दिन : सकियो भाइटीका, राजा देखी राष्ट्रपति सम्म तस्बिरमा…

आज तिहारको अन्तिम दिन : सकियो भाइटीका, राजा देखी राष्ट्रपति सम्म तस्बिरमा...

आज तिहारको अन्तिम दिन भाइटीका लगाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवाले भाइटीका मनाउनुभएको छ ।

त्यसैगरी विभिन्न दलका नेता, मन्त्रीहरु,सरकारका उच्चपदस्थ अधिकारी र सर्वसाधारणले पनि हर्षोल्लासका साथ भाइटीका मनाएका छन् ।

दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने र लगाइदिने कार्य गरेका छन् ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनी शोभा शाहीसँग कमलादी गएर भाइटीका लगाउनुभएको छ । बहिनीसँग टीका लगाउन शाह शोभाको निवास, जानुभएको थियो । पूर्व अधिराजकुमारी शोभा ०५८ जेठ १९ को दरवार हत्याकाण्डमा पर्ने तत्कालीन राजा वीरेन्द्रका ३ दिदीबहिनीमध्ये बच्न सफल एक मात्र कान्छी बहिनी हुन् । राष्ट्रपति भण्डारीले भने आफ्ना भाइलाई राष्ट्रपति भवन, शीतल निवासमा टीका लगाइदिनुभएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार