शक्तिशाली नेता र देशसँग नझुक्ने हुँदा प्रचण्डलाई छोडेर ओलीको पक्षमा उभिएको हुँ : नेता भट्ट

२०७८ को नयाँ एमाले भएको दावी

शक्तिशाली नेता र देशसँग नझुक्ने हुँदा प्रचण्डलाई छोडेर ओलीको पक्षमा उभिएको हुँ : नेता भट्ट

धनगढी : नेपाल कम्युनिस्ट पार्टी एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा पूर्व मन्त्री लेखराज भट्टले एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्र र राष्ट्रियताको विषय आए कुनै शक्तिशाली नेता र देश सँग न झुक्ने नेता भएकोले आफूले ४० वर्ष सहकार्य गरेका प्रचण्डको साथ छोडेर ओलीको पक्षमा उभिएको दाबी गरेका छन् ।

नेता भट्टले सोमबार धनगढीमा आयोजित मजदुर विशेष इलाका कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली व्यवहारिक र देशभक्त नेता भएको कारणले नै नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहालसङको ४० वर्षे सहकार्यलाई बिट मार्दै एमाले अध्यक्ष ओलीको पक्षमा उभिएको दाबी गरेका हुन् । साथै उनले कसैले राष्ट्रवादी कुरा गरेर नहुने र राष्ट्र प्रतिको माया मञ्चमा कात्रै दर्शाउनेहरुलाई व्यवहारमा राष्ट्र प्रेम दर्साउन आग्रह गरेका छन् ।

ओली नेतृत्वेको सरकारले गरेका विभिन्न कामहरूको प्रशंसा गरी नथाक्ने एमाले नेता भट्टले, ”भन्नेले त रेल हावादारी कुरा हो केपी को भन्थे रेल आयो अहिले, पानी जहाज पनि आएको छ अहिले सम्म एमाले ओली नेतृत्वकै सरकार भएको भए । भारत तिर नाका बन्दी हुन्थ्यो भने अर्कोतिर खुल्ला थिएन हाम्रो अध्यक्षको नेतृत्वमा चिन सँग पनि चिन नेपाल व्यापार तथा पारवहन सन्धि गरियो । चिन ले चार ओटा बन्दरगाह खोली दियो । सबै भन्दा महत्त्वपूर्ण कुरा के हो भने कसैले नारा भट्टयाउदैमा देशभक्त भइँदैन, व्यवहारमा उर्तानु ठुलो कुरा हो । जुन ओली गरे । लामो समय देखी हामी टनकपुर भन्या भनेइ थियौँ, हामी कालापानी लिपुलेक भनेका थियौँ तर अहिलेको नेतृत्वले पहिला अध्ययन गरेर प्रमाणहरू जुटाएर राष्ट्रिय सहमतिका साथ लिपुलेक सहितको चुच्चे नक्सा छापेर सार्वजनिक गर्‍यो । अब विरोध गर्नेले त छापेर मात्रै हुन्छ ? भूमि नै फिर्ता ल्याउनु पर्‍यो नि भन्छन्, पहिला बच्चा जन्मेपछि पो हुर्काइन्छ ? जन्मायौँ हामीले अब हुर्काउने भनेको के हो भने भारत सँग वार्ता गरेर, छलफल गरेर टेबलमा प्रमाणहरू राखेर कुरा गर्ने दुवै तर्फका प्रमाण राखेर छलफल गरी सकेपछि भूमि फिर्ता ल्याउन सकिन्छ । केपीले आँटे बोले । अहिले नेपालको लागी पूर्व भारतीय राजदूत रञ्जित रे ले लेखेको किताबमा समेत केपी ओली लाग्या कुरो जति शक्तिशाली नेता र देश सँग न झुक्ने र अडिक भएर लाग्ने नेता हो भनी उल्लेख गरिएको छ । त्यसैले यी यावद कारण भएकाले नै मैले ४० वर्ष सम्म सहकार्य गरेका प्रचण्डलाई छोडेर ओलीको पक्षमा उभिएको हुँ ।” उनले भने ।

त्यस्तै, नेता भट्टले अहिलेको एमाले एकीकरण सहितको एमाले भएको बताएका छन् । “प्रारम्भिक रूपमा एमाले नाम रहे पनि जेठ २ को एमाले होइन’, उनले भने,‘यो २०७८ को एकीकरण सहितको नयाँ एमाले हो ।” यहाँ कुनै गुटको अस्तित्व छैन । कुनै पनि व्यक्तिगत महत्वकाक्षांलाई पाल्ने कुरा एउटा होला तर त्यसलाई महत्त्व दिने काम हुँदैन । तपाईँको कामको आधारमा, पार्टी प्रतिको समर्पण र त्यागको आधारमा त्यसको मूल्याङ्कन हुन्छ, उनले भने ।

“अहिले पूर्व माओवादी, माधव समूह भन्ने समूह छैन’, उनले भने,‘अहिले समग्र कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको छ ।” जब सम्म युवालाई नेतृत्वमा अगाडी बढाउन सकिँदैन तब सम्म भोलिको नेतृत्व आउन सक्दैन विकास गर्न सक्दैन । युवाहरूलाई नेतृत्वमा ल्याउनु पर्ने उनले जोड दिए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार