एमाले मजदुर विशेष ईलाका कमिटी धनगढीको अध्यक्षमा चन्द चयन

एमाले मजदुर विशेष ईलाका कमिटी धनगढीको अध्यक्षमा चन्द चयन

धनगढी : एमाले मजदुर विशेष ईलाका कमिटी धनगढीको अध्यक्षमा युवा नेता ललित चन्द सर्बसम्मत चयन भएका छन । सोमबार धनगढीमा भएको अधिवेशनबाट चन्द सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । युवा नेता चन्दको अध्यक्षतामा ११ सदस्यीय कमिटी समेत गठन गरिएको छ ।

जसमा उपाध्यक्ष गोपाल के.सी र सचिवमा शोभा रावल, उप सचिवमा भक्त बहादुर थापा र अम्बीका भण्डारी चयन भएका छन । यस्तै सदस्यमा विरेन्द्र सिंह, चित्रा ओझा, राधिका बोगटी, कृष्ण प्रसाद ढुङ्गेल युराज पोखरेल र ज्ञान बहादुर लामालाई चयन गरिएको एमाले मजदुर विशेष ईलाका कमिटी धनगढीले जानकारी दिएको छ ।

कार्यक्रममा पुर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथी रहेका थिए । यस्तै बिशिष्ठ अतिथीमा नेकपा एमाले केन्द्रिय सदस्य राजेन्द्र रावल, जिल्ला उपाध्यक्ष रण बहादुर चन्द, यस्तै जिल्ला सदस्यमा देब बहादुर बम, चुडामणी भट्ट,नेकपा एमाले धनगढी नगर अध्यक्ष रामचन्द्र जोशी तथा उप सचिब झुम अधिकारी लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार