सुदूरपश्चिम प्रदेशमा बाढी र डुबानबाट अर्बौंको धानबाली क्षति

सबैभन्दा बढी कैलालीमा चार अर्ब ६३ करोड ३४ लाख बराबरको धानबाली क्षति

दसैँ नभनी धान भित्र्याउन लागेका सुदूरका किसानको पिडा, धान खेतमै तैरियो !

महेन्द्रनगर : कात्तिकको पहिलो साता सुदूरपश्चिम प्रदेशमा गएको बाढी र डुबानबाट यहाँ अर्बौंको धानबाली क्षति पुगेको छ।

सुदूरपश्चिम प्रदेश भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारीअनुसार बाढी र डुबानबाट सबैभन्दा बढी कैलालीमा चार अर्ब ६३ करोड ३४ लाख बराबरको धानबाली क्षति भएको छ। मन्त्रालयका सहायक सूचना अधिकृत टिकेन्द्र कुश्मीले दिएको जानकारीअनुसार कैलालीमा धानबाली लगाइएको ७८ हजार २५ हेक्टर क्षेत्रफलमध्ये ३९ हजार ३५६ हेक्टरको धान पूर्णरुपमा क्षति पुगेको छ। कैलालीमा २४ हजार २५४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

कैलाली र कञ्चनपुर सुदूरपश्चिमको अन्न भण्डारका रुपमा चिनिने गर्दछन्। प्रदेश कृषि मन्त्रालयले यहाँका नौवटै जिल्लामा बाढी, पहिरो र डुबानबाट भएको क्षतिको लगत लिने कार्य अन्तिम चरणमा पुगिसकेको जनाएको छ। बाढीलगत्तै मन्त्रालयले प्रदेशभरको क्षति विवरण अनुमान गरेकामा यहाँ ४६ हजारभन्दा बढी हेक्टर क्षेत्रलफलमा लगाएको धानबालीमा क्षति पुगेको जनाइएको छ। “कैलालीको क्षति विवरण प्राप्त भए पनि अन्यत्रको आइसकेको अवस्था छैन्”, सहायक सूचना अधिकृत कुश्मीले भन्नुभयो, “प्रदेशभरमा अन्य बालीभन्दा भित्र्याउने बेलाको धानबालीमा अर्बांैको क्षति भएको छ।”

त्यसैगरी कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानबाली गरिँदै आएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ। कञ्चनपुरमा करिब १२ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको जनाएको छ। कृषि ज्ञान केन्द्रले क्षतिको विवरण सङ्कलन गरिरहेको छ। ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर बिष्टले डुबानबाट सबैभन्दा बढी क्षति यहाँको दक्षिण क्षेत्र, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकामा परेको बताउए।

प्रदेश कृषि मन्त्रालयले यहाँ एक हजार दुई सय हेक्टरमा लगाएको आलु, आठ हजार ६०० हेक्टरमा लगाएको तरकारी बाली, तीन हजार १७४ हेक्टरमा लगाएको तोरीवाल र एक हजार ५०० हेक्टरमा लगाएको उखुखेतीमा क्षति पुगेको जनाएको छ। बेमौसमी वर्षाबाट पीडित किसान सरकारले राहत दिनुपर्ने माग गरिरहेका छन्। सरकारले पनि क्षतिलाई वर्गीकरण गरी सोही अनरुप राहत दिने गृहकार्य गरिरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार