धनगढीमा छठ पर्वमा व्रत बसेकाहरूलाई स्नान गर्न छैन सफा पानी !

धनगढीमा छठ पर्वमा व्रत बसेकाहरूलाई स्नान गर्न छैन सफा पानी

धनगढी : आज मङ्गलवार छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइएको छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गरी सो पर्व मनाएका हुन् ।

यो चार दिन व्रतालुले सात्त्विक भोजन मात्र गरी मनाइने पर्व छठ धनगढीमा पनि मनाइँदै छ । धनगढीको त्रिनगर भन्सार नजिक रहेको मोहना नदी छेउमा विभिन्न भगवनका मूर्ति बनाउने, मोहना परिसर सिँगार पटार गर्ने लगायतका कार्यहरू गरी छठको मुख्य दिन बुधवारका लागी तयारी तीव्र पारिएको छठ पूजा सेवा समिति धनगढीका सचिव सरोज कुमार यादवले बताए ।

उनले कोरोना कहरले दुई वर्ष रोकिएको तराई बासीले चार दिन मनाउने यो पर्वको लागी छठ पूजा सेवा समितिले स्थिानिय बासीको सहयोगमा मोहना घाटमा छठ पर्व प्रति आस्थावान् भक्तजनहरूको स्वागत र सेवा सुविधाको लागी टेन्ट, राति भजन र बस्ने व्यवस्था समेत गरेको बताए ।

त्यस्तै, मोहना घाटमा छठ पर्वको तयारी गर्नमा सरिक धनगढी १ का स्थिानिय मनोज झाले सरकार पक्षबाट आफ्नो समुदायको कला र संस्कृतिको जगेर्ना गर्नको लागी सरकार पक्षबाट नतिजामूलक सहयोग नभएको गुनासो गरेका छन् । झा ले ३५-४० वर्ष देखी यही हालमा आफूहरूले छठ पर्व मनाउँदै आइरहेको बताउँदै ३६ घण्टा सम्म व्रत बसेर शुद्धता नभएको फोहोर पानीमा नुहाउन बाध्य भएकोले सरकार पक्षलाई छठ पर्व मनाउने स्थान तोकी सुद्ध पानीको व्यवस्था गरिदिन आग्रह गरे ।

कार्तिक शुक्ल चतुर्दशीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ । छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी छठी माई को पूजा गरिन्छ । भने कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य चढाइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार