कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या, ४ जना पक्राउ

कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या, ४ जना पक्राउ

धनगढी : कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या गरिएको छ ।

मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पूर्व रिसिबीलाई लिएर बडुवालको चक्कु प्रहार गरेर हत्या गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले युवकको हत्यामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै तत्काल नाम सार्वजनिक नगर्ने जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार