डडेल्धुरामा विमान विमालस्थल बनाउन सर्भे सुरु

डडेल्धुरामा विमान विमालस्थल बनाउन सर्भे सुरु

डडेल्धुरा : डडेल्धुरामा विमान विमालस्थल बनाउन सर्भे शुरु भएको छ। जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे शुरु भएको हो।

गत वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पठाएको टोलीले अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माणका लागि उपयुक्त रहेको निस्कर्ष निकालेको थियो। सोही अनुसार मंगलबारदेखि सर्भे सुरु भएको छ।

पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँसम्म पुग्ने पीच बाटोको समेत व्यवस्था छ। पुइलेकदेखि वयलडाँडासम्मको १२ सय मिटर जग्गामा सम्भाव्यता सर्भे सुरू भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रवन्धक नलबिक्रम थापाले बताए।

प्राविधिक टोलीले सर्भेका लागि ड्रोन क्यामराको समेत प्रयोग गरेको छ। त्यहाँको भू–बनोटलगायत ल्यान्डिङ र टेकअफ गर्ने बेलाका लागि अपट्याकल लिमिटेसनलगायतका कुराहरूलाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको उपप्रवन्धक थापाले बताए।

२०७० सालबाट डडेल्धुरामा विमालस्थल निर्माणका लागि विभिन्न स्थानमा माग राखेको भए पनि वास्ता गरिएको थिएन। अहिले आएर पुइलेकमा सम्भाव्यता अध्ययन पश्चात सर्भे गराउन थालियो ।

विमानस्थलका लागि आवश्यक धावन मार्गको लम्बाइ, पर्याप्त मिलेको क्षेत्रफल भएको, तर जमिन भिरालो भए पनि राम्रो, धावन मार्ग, पहाडले छेक्ने सम्भावनासमेत भएको पाइएको प्राविधिकको भनाइ छ। सर्भे हुन थालेपछि स्थानीय खुसी भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार