नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कैलालीमा

नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' कैलालीमा

धनगढी : नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी पुगेका छन् । उनी शनिबारबाट धनगढीमा आयोजना गरिएको दलित मुक्ति मोर्चा नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि धनगढी पुगेका हुन्।

शनिबार अर्थात कार्तिक २७ देखि २९ गतेसम्म धनगढीमा सम्मेलन हुँदैछ। सम्मेलनको धनगढीको पार्कमोडमा एक सभाका बीच नेत्रविक्रम चन्दले उद्घाटन गर्ने आयोजक मुक्ति मोर्चाले जनाएको छ।

सो सम्मेलनमा ७७ वटै जिल्ला र भारत प्रवासबाट गरी ३ सय ५० जनाको सहभागिता रहने मोर्चाका अध्यक्ष डम्बर बहादुर विश्वकर्माले जानकारी दिए। विप्लवसँगै नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि धनगढी पुगेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार