शनिबारबाट कैलालीमा काँग्रेसको वडा अधिवेशन हुँदै

नेपाली कांग्रेस कैलाली

शनिबारबाट कैलालीमा काँग्रेसको वडा अधिवेशन हुँदै

धनगढी : नेपाली कांग्रेस कैलालीको  वडा अधिवेशन  शनिबार (भोली) बाट सुरु हुने भएको छ ।  शुक्रबार नेपाली काग्रेस कैलालीले पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएको हो ।

वडा अधिवेशनका लागि तयारी पुरा भएको नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह (मनु) ले जानकारी दिए ।

१८ हजार २ सय ७३ कृयाशिल सदस्यता रहेको जिल्लामा २ हजार ५ सय जना अध्यक्ष, सभापती, क्षेत्रीय प्रतिनिधि लगायतका पदमा चयन गरिने नेपाली कांग्रेस कैलालीले जनाएको छ ।

यस अघि भदौ १८ गते हुने भनिएको वडा अधिवेसन क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै स्थगित गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार