SKIP THIS

धनगढी उप-महानगरपालिका

कञ्चनपुरका सीडीओ मार्फत १ लिटर डिजेलसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग

कञ्चनपुरका सीडीओ मार्फत १ लिटर डिजेलसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र

धनगढी : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कञ्चनपुरले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

उनीहरुले शुक्रबार कञ्चनपुरका सीडीओ रामप्रसाद पाण्डेलाइ १ लिटर डिजेलसहित प्रधानमन्त्रीका लागि ज्ञापन पत्र बुझाएका हुन्।

परमादेशबाट बनेको सरकारको निर्देशनमा पटक–पटक नेपाल आयल निगमले मूल्य वृद्धि गरी जनताका आधारभूत आवश्यकताको वेवास्ता गरेको युवा संघ र अनेरास्ववियुको आरोप छ। युवा संघ र अनेरास्ववियुले  मूल्य वृद्धि खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थ र ग्यासमा मूल्य वृद्धि गरेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार