आज देखि दलित मुक्ति मोर्चा नेपालको पाँचौँ राष्ट्रिय सम्मेलन धनगढीमा हुँदै

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव धनगढी आउँदै

धनगढी : दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन आज देखि धनगढीमा हुने भएको छ । मोर्चाको पाँचौं सम्मेलन आजदेखि धनगढीको पार्कमोडमा हुने जनाएको छ ।

मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले धनगढीमा हुने सम्मेलनका लागि तयारी अपुरा भउको बताएका छन् । उनले सम्मेलनको आज हजारौं जनताको उपस्थितिमा कलाकार, बाजागाजा, झाँकी, र र्याली सहित भव्य उद्घाटन गरिने बताए ।

सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।सम्मेलन ‘सामाजिक दलाल पूँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौं राष्ट्रिय सम्मेलन !!’ भन्ने मूल नाराका साथ यही कार्तिक २७, २८ र २९ गते आयोजना हुन लागेको हो ।

सम्मेलनमा देशका ७७ वटै जिल्ला र भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक गरि करिव ३५० जनाको उपस्थिति हुने जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार